गाईले तीन वटा बाच्छी जन्मायो

 भदौ ३, २०७५ आइतबार १४:२:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका–५, धुपारीस्थित मोहनबहादुर बोगटीको घरमा गाईले तीन वटा बाच्छी जन्माएको छ ।

स्थानीय जातको गाइले ३ वटा बाच्छी पाएपछि उनको घरमा बाच्छी हेर्न आउनेको भिड लाग्ने गरेको स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘गाईले ३ वटा बाच्छी पायो, अहिले पनि लक्ष्मीको संज्ञा दिँदै हेर्नेको भिड लाग्ने गरेको छ ।’

एउटै गाईले ३ वटा बाच्छी पाएको डोटीमा पहिलो घटना भएको भन्दै स्थानीयहरु चकित परेका छन् । गाईले ३ वटा बाच्छी पाएपछि अहिले दूध खुवाउन समस्या भएको किसान मोहनबहादुर बोगटीले बताउनुभयो । गाईले पाएका ३ वटा बाच्छीमध्ये एउटा बाच्छी भने गाईले कुल्चेर मरेको कृषक बोगटीले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया