डोटीमा खोला तर्दा बगेर एकको ज्यान गयो

 भदौ ३, २०७५ आइतबार १४:१७:७ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीको जोरायल गाउँपालिका ५ चौकीमा रहेको गड्सेरी गाड तर्ने क्रममा बगेर एकजनाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार खोला तर्दा बगेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका ५ खतेडाका ५५ वर्षीय मानबहादुर आउजी (मार्हजन) रहेका छन् ।

जोरायल गाउँपालिकाको कार्यालयबाट आफनो घर खतेडा जाने क्रममा खोला तर्दा बगेर उहाँको ज्यान गएको हो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया