पाँच भाषामा ट्वीट गरेर प्रधानमन्त्री ओलीले भने – ६ महिनामा विदेश नीतिको जग बस्यो

 भदौ ३, २०७५ आइतबार १५:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं  - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिनाको अवधिमा देशमा विदेश नीतिका जग बसेको दावी गर्नुभएको छ ।

आइतबार ट्वीटरमार्फत उहाँले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको दावी गर्नुभएको छ ।

सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा ट्वीट गरेर उहाँले सुशासन र विकासको आधारशीला तयार भएको पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले परिणामा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने प्रद्धिवद्धता पनि व्यक्त गर्नुभएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Mukesh Lama

    Aug. 19, 2018, 4:29 p.m.

    हजुरले प्रमको पद समाल्नु भएको आज ६ महिना पुगेछ । ६ महिना अगाडिको सडक अहिलेको भन्दा राम्रो थियो । अहिले झन नराम्रो भएको छ । हामी जनताले केही पनि राहत पाएका छैनौ र हामी खुसी पनि छैनौ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया