सुरक्षा गार्डको हत्या

 भदौ ३, २०७५ आइतबार १५:१९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – दुईदिन अघि मात्र एक युवतीको विभत्स हत्या भएको केही दिन नबित्दै विराटनगरमा अर्को सुरक्षा गार्डको हत्या भएको छ ।

विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिको हत्या भएको छ । उहाँकाे शव आँखा फुटेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

हार्डवेयरमा सुरक्षा गार्डको रूपमा काम गर्दै आएका अनुमानित ५० वर्षीय टंक भट्टराईको आँखा फुटाएको र शरिरमा चोट लागेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

शनिबार राति नै उहाँको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । भट्टराई विराटनगर ४ ज्योती नगर टोल निवासी हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया