मिचेल जोनसनले लिए सबै फर्म्याटकाे क्रिकेटबाट सन्यास

 भदौ ३, २०७५ आइतबार १५:३६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल जोनसनले क्रिकेटबाट सन्यास लिएका छन् ।

एकदिवसीय तथा टेस्ट टिमबाट सन् २०१५मै सन्यासको घोषणा गरेका जोनसनले टी–२० बाट पनि सन्यासको घोषणा गरेका हुन् ।

टेस्ट र एकदिवसीयबाट सन्यास लिएपछि उनी अष्ट्रेलियाको बिग ब्याश र इन्डियन प्रिमियर लिग आईपीएल मात्रै खेलेका थिए ।

अष्ट्रेलियाको एक सञ्चारमाध्यमसँगको अन्तरवार्ताका क्रममा जोनसनले भने, ‘मैले अन्तिम बल बलिङ गरिसकेको छु, त्यसैले आजदेखि क्रिकेटको सबै फर्म्याटबाट सन्यासको घोषणा गर्छु।’

सन् २०१५ देखि टी ट्वान्टीको फर्म्याटमा राम्रो प्रदर्शन गरिरहेका  ३६ वर्षीय जोनसनले चोटका कारण खेल्न नसक्ने भएकाले क्रिकेटबाट सन्यास लिएको  बताए ।

सन् २००५ मा न्यूजिल्याण्डविरुद्ध डेब्यु गरेका जोनसनले अष्ट्रेलियाका लागि ७३ टेस्ट तथा १५३ एकदिवसीय क्रिकेट खेलेका छन् । टेस्टमा ३१३ विकेट लिएका उनले एकदिवसीयमा २३९ बिकेट लिएका छन् ।

एक दिवसीय र टेस्ट दुबैको अन्तिम खेल न्यूजिल्याण्डविरुद्धनै खेलेका थिए । खेलाडीको रुपमा क्रिकेटबाट बिदा भए पनि जोनसनले प्रशिक्षकको भूमिकामा देखा पर्ने संकेत भने गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया