रानीपोखरी पुनर्निर्माण मल्लकालीन शैलीमा हुन्छ : उपमेयर खड्गी

 भदौ ३, २०७५ आइतबार १७:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले मल्लकालीन शैलीमा नै रानीपोखरीको पुनर्निर्माण हुने बताउनुभएको छ ।

सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिको ज्ञापनपत्र बुझ्दै उपमेयर हरिप्रभाले रानी पोखरी प्रताप मल्ल कालीनशैली र स्वरुपमा पुनर्निर्माण गरिने बताउनु भएको हो । रानीपोखरीको पुनर्निमार्णको लागि बोलपत्र समेत आब्हान भइसकेकाले पुनर्निर्माणमा शंका नगर्न उहाँले आग्रह गर्नुभयो ।

सम्पदा बचाउ अभियान रानीपोखरी संघर्ष समितिले रानी पोखरीको यथाशिघ्र मौलिक स्वरुप अनुसार नै पुनर्निर्माण गर्न माग गर्दै महानगरलाई ज्ञापनपत्र बुझाएको हो ।

रानीपोखरीकोे बाहिरी भागको निर्माण काठमाडौं महानगरपालिका र भित्री भागको निर्माण पुरातत्व विभागले गर्ने छ । महानगरले आइतबार राष्ट्रिय दैनिक गोरखापत्रमा रानी पोखरी पुनर्निर्माणका लागि बोलपत्र आब्हान गरेको सूचना प्रकाशित गरेको छ ।

रानी पोखरीको पुर्ननिमार्णको लागि बोलपत्र आव्हान भएको यो तेस्रो पटक हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया