‘दोस्ताना २’ मा सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर फाइनल

 भदौ ३, २०७५ आइतबार १७:२२:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

निर्माता तथा निर्देशक करण जोहरले सन् २००८ मा प्रदर्शन भएको फिल्म ‘दोस्ताना’ को सिक्वेल बनाउने भएका छन् ।

करण जोहर यस फिल्मको सिक्वेल यस अघि नै बनाउन चाहन्थे तर फिल्मका लागि राम्रो स्क्रिप्ट नभएका कारण यस कामलाई पछाडि धकेलिएको थियो । तर अब भने यस फिल्मको स्क्रिप्ट तयार भइसकेको छ । करण जोहर यस फिल्मका लागि कलाकारहरुको छनोटमा जुटिसकेका छन् । ‘दोस्ताना २’ मा करणले अभिनेता सिद्धार्थ मल्होत्रा र जान्हवी कपूलाई कास्ट गरेको खबर सार्वजनिक भएको छ । 

जोहार फिल्म ‘दोस्ताना’ सफल भएसँगै करण ‘दोस्ताना २’ बनाउन चाहन्थे । अहिले फिल्मको स्क्रिप्ट तयार भएसँगै अब यस फिल्मको निर्माण गर्ने घोषणा गरिएको छ ।
करणले अभिनेता सिद्धार्थ मल्होत्रा र जान्हवी कपूरलाई फाइनलको रुपमा लिइसकेका छन् भने उनी यस फिल्मको तेस्रो मुख्य अभिनेताको खोजीमा छन् । यस अघि ‘दोस्ताना’ फिल्ममा पनि दुईजना अभिनेता र एक अभिनेत्रीको मुख्य भूमिका रहको थियो । 

यसअघि फिल्म ‘दोस्ताना’ का निर्देशक तरुण मनसुखनीले नै ‘दोस्ताना २’ को निर्देशन गर्नेछन । तर फिल्मको कहानी र पात्रहरु भने पहिलो फिल्मको भन्दा फरक हुनेछ । यसअघि २००८ मा प्रदर्शन भएको फिल्म ‘दोस्ताना’ मा जोन अब्राहम, अभिषेक बच्चन र प्रियंका चोपडाको अभिनय रहेको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया