धनीले गरिब परिचयपत्र लिएको भन्दै विरोध, चौरपाटी गाउँपालिकाले परिचयपत्र वितरण नै रोक्यो

 भदौ ३, २०७५ आइतबार १७:५०:२२ | चन्द्र थापा
unn.prixa.net

अछाम – सरकारले वितरण सुरु गरेको गरिब घरधुरी परिचयपत्रको यतिबेला सबत्र बिरोध भइरहेको छ ।

परिचयपत्र वास्तविक गरिबलाई नभएर धनीहरुको हातमा परेपछि स्थानीय स्तरमा समेत व्यापक आलोचना भइरहेको हो । अछामको जिल्लाको मेल्लेख गाउँपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा गरिब घरधुरी परिचयपत्र वितरणका क्रममा जनस्तरमा व्यापक असन्तुष्टि देखिएपछि अन्य स्थानीय तहहरुले सजगता अपनाएका छन् ।

अछामको चौरपाटी गाउँपालिकाले लक्षित वर्गका नाममा पाउनु पर्ने गरिब घरपरिवार परिचय पत्र हुनेखाने वर्गकै नाम आएको हुँदा परिमार्जन नगरेसम्म गाउँपालिकाबाट परिचयपत्र वितरण कार्य स्थगित गर्ने निर्णय गरेको छ ।

गाउँ कार्यपालिका बैठकले गरिब घर परिचयपत्र परिमार्जनका लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले बताउनुभयो ।

गरिब घरपरिवारका लागि आएको परिचयपत्र वास्तविक गरिबको हातमा पर्न नसकेकोले वास्तविक लक्षित समुदायलाई सहज हुने गरि आ–आफ्नो तर्फबाट सहयोग गरिदिनु हुन सबैमा गाउँपालिकाले अपील समेत गरेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया