के के भयाे अाइतबारकाे एसियाली खेलकुदमा ?

 भदौ ३, २०७५ आइतबार १८:६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

एसियाडको पहिलो दिन १० वटा देशले पदकमा नाम लेखाएका छन् ।

शनिबार उद्घाटन भएपछि आइतबारदेखि प्रतियोगिताका खेलहरु शुरु भएका हुन् । प्रतियोगिताको पहिलो दिन चीन अपेक्षाकृत रूपमा शीर्ष स्थानमा छ ।

चीनले अहिलेसम्म ८ पदक जितिसकेको छ । जसमा ४ स्वर्ण ३ रजत र एक कास्य छन् । २ स्वर्ण, २ रजत र २ कास्य जितेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा एक स्वर्ण र एक रजतसहित आयोजक इण्डोनेशिया तेस्रो स्थानमा छ ।

चौथो स्थानमा चाईनिज ताइपेई रहेको छ । ४ वटा पदक जितेको ताइपेइले एउटा स्वर्ण र ३ कास्य पदक जितेको छ । पाँचौ स्थानमा थाइल्याण्ड रहेको छ । उसले एउटा स्वर्ण र एउटा कास्य पदक जितेको छ ।

४५ देश सहभागी एसियाडमा अहिलेसम्म ५ वटा देशले मात्रै स्वर्ण जितेका छन् भने १० वटा देशले पहिलो दिन पदकमा नाम लेखाएका छन् ।

एसियाली खेलकुदको पहिलो दिन नेपालको प्रर्दशन भने औसत रह्यो । तेक्वान्दोको पुम्सेमा नेपाली टोलीले हार व्यहोर्दा ब्याडमिन्टनतर्फ भने रत्नजीत र विकास श्रेष्ठले प्रतियोगितामा आशा जीवितै राखेका छन् ।

यता पुरुष फुटबलमा नेपाल जितविहीन हुँदै घर फर्किएको छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया