विराटनगर महानगरपालिकाका मेयरले पाए सुरक्षा गार्ड

 भदौ ३, २०७५ आइतबार १८:१३:२९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरका मेयर भीम पराजुलीले सुरक्षाको चुनौती बढेको भन्दै सुरक्षा गार्ड लिएका छन् ।

केही दिनअघि मात्र विराटनगर महानगरपालिकामा बम बिस्फोट भएपछि  सुरक्षा चुनौती बढेको भन्दै उनले गार्ड लिएका हुन् । जिल्ला सुरक्षा समितिको आइतबार विराटनगरमा बसेको बैठकले मेयर पराजुलीलाई सुरक्षा गार्ड दिने निर्णय गरेको हो ।

सुरक्षा समितिको बैठकको निर्णय आए लगत्तै पराजुलीले सुरक्षा गार्ड लिएर हिँड्न थालेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिनुभयो ।

मेयरले सुरक्षा गार्ड लिएर हिँडे पनि कार्यालयको सुरक्षाको लागि राखिएको सीसी क्यामेराको फुटेज नपाउँदा प्रहरीलाई भने बम आक्रमण गर्नेको पहिचान गर्न समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोक केसीले कार्यालयको सुरक्षाको लागि भन्दै राखिएको सीसी क्यामेराको फुटेज नभेटिएपछि प्रहरीलाई काम  गर्न गाह्रो भएको बताउनुभएको छ । 

संचारकर्मीले बम आक्रमणको सीसी क्यामेरा फुटेजबाट केही पत्ता लाग्यो भन्दा जवाफ दिने अवस्थामा देखिँदैन  । बम बिस्फोट भएको बेलामा कुनै पनि सीसी क्यामेरा फुटेज रेकर्डको अवस्थामा नराखिएको कारण दोषी पत्ता लगाउन गाह्रो भएको उहाँले बताउनुभयो । तर अहिले पनि अनुसन्धान र खोजी जारी रहेको एसपी केसीको भनाई छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया