कान्तिपुर ओभरसिज प्रालिको काम रोक्का

 भदौ ३, २०७५ आइतबार १८:३१:० | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंको सामाखुसीमा रहेको कान्तिपुर ओभरसिज सर्भिस प्रालिको काम रोक्का गरिएको छ । प्रालिको कामकाज शंकास्पद पाइएकाले अनुसन्धानका लागि कामकाज रोक्का गरिएको हो । 

पूर्व स्वीकृती नलिई कतार पठाइदिन्छु भन्दै कामदारसँग प्रतिव्यक्ति एक लाख रुपैयाँसम्म लिएर  अन्तर्वार्ता लिइरहेको उजुरीका आधारमा वैदेशिक रोजगार विभागको टोलीले आइतबार प्रालिमा छापा मारेको थियो । प्रालिको सम्पूर्ण कागजपत्र पनि जफत गरिएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया