मधेशको विकासका लागि नेकपाको विकल्प छैन : नेता नेपाल

 भदौ ३, २०७५ आइतबार १८:३५:२३ | मदन ठाकुर
unn.prixa.net

रौतहट – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले मधेशको कायपलट गराउन र मुलुकलाई समृद्धितर्फ उन्मुख गराउने कार्यमा नेपाल कम्युनिष्ट पार्टीको कुनै विकल्प नरहेको बताउनु भएको छ ।

रौतहट सदरमुकाम गौरमा नेकपाद्धारा आइतबार आयोजित वृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपाले विकासको लागि नेकपाको विकल्प नभएको बताउनुभएको हो ।

संघीय गणतन्त्रमा विकासको पूर्वाधारलाई प्राथमिकताको सूचीमा राखेर हरेक प्रदेशलाई समुन्नतीको पथमा लैजाने दायित्व नेकपाको काँधमा रहेको हुँदा मुलुकलाई समृद्धितर्फ उन्मुख गराउन नेकपाको कुनै विकल्प नरहेको बताउनुभएको हो ।

प्रदेश नम्बर २ को मधेशमा विधिको शासन कायम गराउनमा प्रदेश सरकार तत्पर भएर लाग्नुपर्ने तथा मधेशको कायापलट गराउने कार्यलाई केन्द्र सरकारबाट विभिन्न आयोजनालाई संचालनमा ल्याएर राज्यको मूल धारमा ल्याउन नेकपा बाहेक अन्य कुनै दल नरहेको जिकीर गर्नुभयो ।

पूर्व पश्चिम राजमार्ग चौडीकरण, निजगढ काठमाडौं फास्ट ट्रयाक, निजगढ अन्तरर्राष्ट्रिय विमानस्थल, उद्योगिक कोरिडोर, रेल्वे ट्रयाक, कोशी कमलाको पानी डायभर्ट गरेर नहरहरु निर्माण गरी किसानहरुलाई सिंचाईको समुचित व्यवस्थापन लगायत मधेशलाई विकसित गराउन ठूला ठूला परियोजनाहरु संचालनमा रहँदा त्यसलाई गुणस्तरिय बनाई निर्धारित समयमा कार्य सम्पन्न गराउन सबै मिलेर अघि बढ्नुपर्नेमा नेपालले जोड दिनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया