बसन्त रेग्मी र शरद भेषावकर बने नेपाल बंगलादेश बैंककाे ब्राण्ड एम्बेस्डर

 भदौ ३, २०७५ आइतबार १८:४९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाल बंगलादेश बैंकले क्रिकेटरद्वय बसन्त रेग्मी र शरद भेषावकरलाई प्रायोजन गरेको छ ।

नेपाली क्रिकेटमा उल्लेखनीय योगदान गर्दै आएका दुई अनुभवी क्रिकेटरलाई बैंकले अाइतबार एक कार्यक्रममा दुई वर्षका लागि  ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

मिस्टर फिनिसरको उपनाम पाएका शरद भेषावकर नेपाली क्रिकेटका भरपर्दा ब्याट्सम्यान हुन् भने स्पिनर बसन्त रेग्मी नेपालका सर्वाधिक विकेट लिने बलर हुन् ।

एभरेष्ट प्रिमियर लिगको आयोजक र्इपीएलको पहलमा उक्त सम्झौता भएको हो ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले दुई खेलाडीलाई सद्भावना दूतमा नियुक्त गर्दा बैंक गौरवान्वित भएको प्रतिक्रिया दिए ।

‘नेपाली क्रिकेट टिमका दुई भरपर्दा खेलाडी शरद भेषावकर र बसन्त रेग्मीलाई हाम्रो ब्राण्ड एम्बासडर नियुक्त गर्न पाउँदा नेपाल बंगलादेश बैंक गौरवान्वित छ । यो साझेदारीबाट नेपाली क्रिकेटको विकासमा योगदान दिने बैंकको अभियानको सुरुवात भएको हो ।’

ब्राण्ड एम्बासडर नियुक्त भएपछि  बसन्त रेग्मीले बैंकसँगको केही बैठकले नै आफुलाई सहयोग गरेकोमा बैंकप्रति आभार ब्यक्त गरे ।ट शरणले क्रिकेरका रुपमा कुनै ब्यापारिक प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको अवस्थामा यो सम्झौताले नेपाली खेलकुदमा अझ ठूलो योगदान दिने हौसला बढेको प्रतिक्रिया दिए ।  


ब्ततबअजmभलतक बचभब
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया