पूर्व श्रममन्त्री भण्डारीबाट भएका विवादास्पद निर्णय खारेज
बैशाख ७, २०८१ शुक्रबार
दाङ – ६० किलो चरेससहित दाङमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले आइतबार बेलुकी पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेको हो । पक्राउ पनेमा दुईजना महिला समेत रहेका छन ।
रुकुम मुसीकोट नगरपालिका ११ का ४५ वर्षका प्रेमबहादुर घर्ती, सल्यान दार्माकोट गाउँपालिका ५ का ३५ वर्षका डिल्लीराज चन्द, रुकुम पुथाउत्तरगंगा १ काल्दुङ घर भई घोराही उपमहानगरपालिका १५ मा बस्दै आएकी ३० वर्षकी रुपा घर्ती पुन, रुकुम भुमेगाउँपालिका २ बस्ने २७ वर्षकीा सपना पुन मगर र धु्रबजंग बुढा चरेससहित पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुसँगै बरामद गरिएको ६० किलो चरेस पनि सार्वजनिक गरेको छ ।
रुकुमका प्रेमबहादुर घर्ती र सल्यानका डिल्लीराज चन्दलाई शंकास्पद अवस्थामा पक्राउ गरेपछि प्रहरीले थालेको अनुसन्धानबाट थप व्यक्तिहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।