मन्त्रीले भने, ‘जहाजको सिट गन्हाएको रिपोर्ट आएको छ, तत्कालै फेर्नुहोला’

 भदौ ३, २०७५ आइतबार २०:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतका निकायको समिक्षा बैठकमा पर्यटनमन्त्री रबीन्द्र अधिकारी निकै आक्रोशित हुनुभयो ।

मन्त्रालयमा भएको कार्यक्रममा कतिबेला ठट्टा गर्ने मन्त्रीले कतिबेला भने माताहतका निकायका हाकिमहरुलाई निकै थर्काउनु पनि भयो । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको प्रगतिबारे जानकारी गराएपछि मन्त्री अधिकारीले निगमबारे कुरा राख्नुभयो ।

सुरुमा निगमको प्रशंसा गरेका मन्त्री अधिकारीले त्यसपछि भने कहिले जहाज ग्राउन्डेड भएका विषय अनि कहिले कमजोर व्यवस्थापनका विषयमा निगम र महाप्रबन्धक कंसाकारप्रति आक्रोश पोख्नुभयो ।

‘नेपाल एअरलाइन्स अहिले केही पंचुअल भएको छ, पुरै भएको छैन, अब त हामीसँग २ वटा वाइड बडी पनि आएका छन्, अलि राम्रो व्यवस्थापन गर्नुप¥यो, मलाई केही दिन अघि रिपोर्ट आएको छ न्यारो बडी विमानका सिट गन्हाउने भएका छन् रे, त्यसलाई तत्कालै फेर्नुहोला ।’ 

कार्यक्रममा हलभरीका सहभागीलाई हसाउँदै मन्त्री अधिकारीले भन्नुभयो, ‘नयाँ जहाजमा त सफा सुग्घर सिट छन्, तर पुरानाका चाहिँ गन्हाउने भए रे, जनशक्तिको कमी हो भने थप्नुहोस, काम नगर्ने छन् भने बिदा गरिदिनुहोस, त्यस्ता कुरा पनि मन्त्रीले भनिरहनुपर्ने हो र भन्या ।’


 

अन्तिम अपडेट: बैशाख १२, २०८१

1 Comments

  • Shambhu kjadka

    Aug. 19, 2018, 9:54 p.m.

    त्यो क्रोनिक रोग थाहा पाउन ६ महिना लाग्यो मन्त्रीज्यू ?

  •  0 Reply

तपाईको प्रतिक्रिया