प्रहरीद्वारा महिलाको उद्धार

 भदौ ३, २०७५ सोमबार ५:३३:३८ | रासस

रुपन्देही - बुटवल नजिकैको जङ्गलबाट एक महिलालाई अपरिचित पुरुषले जबर्जस्ती करणीको प्रयास गर्न खोज्दा प्रहरीले उद्धार गरेको छ । 

बुटवल उपमहानगरपालिका–२ तल्लो फूलबारीको जङ्गलमा पु¥याई शनिबार बेलुका जबर्जस्ती गर्न खोज्ने रुपन्देही देवदह नगरपालिका–३ वसन्तपुरका ३७ वर्षीय देवीलाल खनाललाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरीले पीडित महिलालाई बेहोस अवस्थामा उद्धार गरेको जनाएको छ । 

प्रहरीले प्युठान जिल्ला रजवार–६ बस्ने अन्दाजी २४ वर्षीय महिलालाई बेहोस अवस्थामा उद्धार गरी लुम्बिनी अञ्चल अस्पताल उपचारपश्चात् वडा प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक मल्लले पीडित महिलालाई आफन्त बोलाएर जिम्मा लगाइने र प्रहरी नियन्त्रणमा रहेका खनाललाई जबर्जस्ती करणी उद्योगमा म्याद थप गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया