पहिलोपटक सिनसिनाटी मास्टर्स टेनिसको उपाधि नोभाक जोकोभिचलाई

 भदौ ४, २०७५ सोमबार ७:२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

चिर प्रतिद्वन्दी रोजर फेडररलाई हराउँदै सर्वियन नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि पहिलो पटक जितेका छन् । 

पूर्व विश्व नम्बर एक जोकोभिचले फेडररलाई दुई शुन्यको सोझो सेटमा पाखा लगाए । टेनिस प्रतियोगिता अन्तर्गत मास्टर्स एक हजार प्रतियोगिताका नौ वटै उपाधि जित्ने जोकोभिच एक्लो खेलाडी बनेका छन् । ३१ वर्षीय जोकोभिचले सात पटकका च्याम्पियन फेडररलाई छ चार र छ चारको सेटमा निरास पारे । 

विम्बल्डन च्याम्पियन जोकोभिचले यसअघिका तीन वटा फाइनलमा फेडररसँग नै हारेका थिए । यो उपाधिसँगै जोकोभिचले करियरको ९९ औं उपाधि पनि हात पारे । जसमा उनले फेडररको हेड टु हेड रेकर्ड पनि बराबरी गरेका छन् ।

 यी दुई खेलाडी एक अर्का विरुद्ध खेल्दा २३–२३ पटक जितेका छन् । अब जोकोभिच यही अगष्ट २७ बाट सुरु हुने यूएस ओपनको तयारीमा लागेका छन् । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया