सिमोना हेलेपलाई हराउँदै कीकी बेरटेन्सले जितिन् सिनसिनाटी मास्टर्स महिला उपाधि

 भदौ ४, २०७५ सोमबार ७:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सिनसिनाटी मास्टर्सको महिला तर्फको उपाधि बरियता विहीन खेलाडी कीकी बेरटेन्सले जितेकी छिन् । 

फाइनलमा विश्व नम्बर एक सिमोना हलेपलाई हराउँदै उनले पहिलो पटक ठूलो उपाधि उचालिन् । 

विश्व बरियतामा १७ औ स्थानमा रहेकी कीकीले हलेपको एक सेटको अग्रतालाई उल्ट्याइन । जसमा उनले दुई एकको प्रतिस्पर्धात्मक जित निकालिन् । 

रोमानियाकी हलेप विरुद्ध पहिलो सेट दुई छ ले गुमाएकी कीकीले उत्कृष्ट कमब्याक गर्न सफल भइन् । जसमा उनले दोस्रो सेट सात छ ले जितिन् भने तेस्रो सेट ट दुईले आफ्नो पक्षमा पारिन् । 

यो हारसँगै हलेपले सिनसिनाटी मास्टर्सको फाइनलमा तेस्रो पटक हार भोगेकी छिन् । यसअघि यिनी २०१५ र २०१७ को सिजनको फाइनलमा पराजित भएकी थिइन् ।
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया