बच्चा जन्माउनका लागि मन्त्री साइकल चलाउँदै अस्पताल पुगिन्

 भदौ ४, २०७५ सोमबार ८:४१:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नो पहिलो सन्तानलाई जन्म दिनका लागि न्युजिल्याण्डकी महिला मन्त्री आफैँ साइकल चलाएर अस्पताल पुगेकी छन् ।

ग्रिन पार्टीकी जुली जेन्टर गर्भवती भएको ४२ हप्ता अर्थात ९ महिना भएको छ । 

उनले साइकलमा जाने निर्णय यसकारण गरेकी छिन् की कारमा बस्नका लागि पर्याप्त ठाउँ पुग्दैन थियो । 

उनले आफ्नो पतिको साथ इन्स्टाग्राममा तस्बिर शेयर गर्दै लेखेकी छिन् 'आइतबारको रमाइलो बिहानी' ।


 
यसै वर्ष प्रधानमन्त्री ज्यासिन्दा अर्डर्न विश्वकी दोस्रो यस्तो प्रधानमन्त्री बनेकी थिइन् जसले आफ्नो प्रधानमन्त्रीकै कार्यकालमा सत्तामै रहेर सन्तान जन्माएकी थिइन् ।

जेन्टरले पनि आफ्नो पहिलो सन्तान जन्माउनका लागि आकल्यान्ड सिटी सरकारी अस्पताललाई रोजेकी छिन् ।

जेन्टर देशको सहायक यातायात मन्त्री हन् उनी साइक्लिङ प्रति रुची पनि राख्दै आएकी छिन् । 

उनले आफ्नो बच्चाको लागि तीन महिना छुट्टी लिने छिन् । 

न्युजिल्यान्डमा १९७० मा पहिलोपटक महिला सांसदले आफ्नो कार्यकालमा बच्चा जन्माएकी थिइन् । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया