एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जादै

 भदौ ४, २०७५ सोमबार ९:५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

मलेसियामा आयोजना हुने एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि नेपाली टिम आज श्रीलंका जाँदैछ ।

नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ । 

अगस्ट २८ देखि मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टिम बैदेशिक तयारीका लागि आज श्रीलंका जान लागेको हो ।

नेपाली टिमलाई आज सभामुख कृष्णबहादुर महराले विदाई गर्नेछन ।

नेपाली टिममा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी र आरिफ शेख छन् ।

यस्तै सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल पनि टिममा छन् ।

बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् । अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्थान गर्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङ्कङ्, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ ।

६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

1 Comments

  • Suresh Malla

    Aug. 20, 2018, 10:05 p.m.

    शक्तिले सनन्यास लिईसकेका छन । पुरानो फोटो राखेर हामिलाई मूर्ख बनाइदिने पत्रकार महोदय ज्यु ? उनी टिममा नै छैनन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया