निवासमै मृत भेटिए पूर्व राजदूत झा

 भदौ ४, २०७५ सोमबार ११:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशव झा मृत भेटिएका छन् । काठमाडौंको बबरमहलमा रहेको आफ्नै घरमा झा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

८० वर्षीय झा को हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झाको शव ओछ्यानमै रगत लत्पतिएको अवस्थामा भेटिएकाले उहाँको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरीका उच्च अधिकारी सहितको टोली पुगेको छ । झा श्रीमती र एक घरेलु सहयोगीका साथमा बस्दै आउनुभएको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया