सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै

 जेठ १७, २०७५ बिहिबार १३:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ । इंग्ल्याण्डको लड्र्समा हुने खेलमा सन्दीपले विश्व ११ का सबैभन्दा कान्छा खेलाडीका रुपमा खेल्नेछन् ।

को को छन् सन्दीपको टिममा 

विश्व ११ टिममा शाहिद अफ्रिदी (कप्तान) छन् ।

उनीसँगै दिनेश कार्तिक, मिचेल म्याकलेनाघन, थिसरा परेरा, रासिद खान, ल्युक रोन्ची, सोएब मलिक, तमिम इकवाल, आदिल रसिद, मोहम्मद सामी, साम विलिङ्स, टम कुरान र टायमल मिल्स छन् ।

यस्तै, वेस्ट इन्डिज टिमको कप्तानमा कार्लोस ब्राथवेट छन् । अरु खेलाडीमा रायद इमरिट, आन्द्रे फ्लेचर, क्रिस गेल, एभिन लुइस, एस्ले नर्स, किमो पउल, रोमम्यान पोवेल, दिनेश रामदिन, आन्द्रे रसेल, स्यामुयल बद्री, मार्लोन सामुयल्स र केस्रिक विलियम्स छन् । 

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोग जुटाउन खेल आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व एघार टिममा सन्दिपलाई पनि समावेश गरेपछि  उनी गएको सोमबार इंग्ल्याण्ड गएका हुन् ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया