अनुष्का शर्माको ट्रोल : माछा र तरकारी बेच्नेदेखि मैदानमा रोनाल्डोसँगको तस्बिरसम्म

 भदौ ४, २०७५ सोमबार १३:२४:० | एजेन्सी

बलिउड अभिनेत्री अनुष्का शर्मा तथा अभिनेता वरुण धवन अभिनित फिल्म ‘सुर्इ धागाः मेड इन इन्डिया’को ट्रेलर गएको हप्ता रिलिज भएको थियो । 

ट्रेलरमा अनुष्का र वरुण एक सामान्य परिवारका श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् । यो ट्रेलर सार्वजनिक भएसँगै अनुष्का शर्मा सामाजिक सञ्जालमा छाइरहेकी छिन् । उनको ट्रेलरमा रहेका गृहणी लुकको मिम बनाएर अहिले सामाजिक सञ्जालमा रमाइलो गर्दै ट्रोलरहरुले मजाक उडाइरहेका छन् । 


अनुष्कालाई ट्रोलरहरुले माछा बेच्नेदेखि तरकारी बेच्नेसम्म बनाइदिएका छन् । 


यस फोटोमा अनुष्का फुटबल ग्राउण्डमा रोनाल्डोका साथ बसिरहेकी छिन् । 

प्रेमिका जब श्रीमती बन्छिन् भन्दै उनको फोटो राखिएको छ । 

यस तस्बिरमा अनुष्कालाई विराटका साथमा बसिरहेकी देखिन्छिन् । 
 
अमेरिकाका राष्ट्रपति ट्रम्प र अन्य हाइ प्रोफाइल व्यक्तिहरुको बीचमा अनुष्का शर्माको फोटाे राखेर मजाक उडाइएको छ । 

यशराज फिल्म्सको निर्माण तथा निर्देशक मनिष शर्मा र शरत कटारियाको निर्देशनमा बनेको फिल्म ‘सुई धागा–मेड इन इन्डिया’ सेप्टेम्बर २८, २०१८ मा प्रदर्शन हुनेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया