जाँड–रक्सी नियन्त्रण अभियानमा जुटे गड्सेरी युवा

 भदौ ४, २०७५ सोमबार १३:४०:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटका स्थानीय युवाहरु रक्सी जाँड नियन्त्रण अभियानमा जुटेका छन् ।

स्थानीय सरकारले रक्सी जाँड नियन्त्रण गर्न नसकिरहेको अवस्थामा डोटीको जोरायल गाउँपालिका–५, गड्सेराका युवाहरु भने मदिरा नियन्त्रण अभियानमा जुटेका छन् ।

आफ्नो वडा भरमा रक्सी जाँडको बिगबिगी भएसँगै मदिरा सेवनले विकृति फैलाउन थालेको भन्दै युवाहरुको समूह जाँडरक्सी नियन्त्रण अभियानमा जुटेका हुन् ।
त्यस वडाका वडा सदस्य डम्मर पातलीको संयोजकत्वमा युवाहरुको समूह जाँडरक्सी नियन्त्रण अभियानमा जुटेको स्थानीय युवा तथा शिक्षक प्रकाश रावलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वडा भरमा मदिराले विकराल रुप लिन थाल्यो, त्यसको रोकथामका लागि हामीले जाँडरक्सी नियन्त्रण अभियान थालेका हौं ।’ युवाहरुको अभियानलाई त्यस गाउँपालिकाको वडा कार्यालयका जनप्रतिनिधि तथा महिलाले पनि साथ र सर्मथन दिएका छन् ।

त्यस वडा भरमा गएको केही समय यतादेखि खुलेआम रुपमा रक्सी जाँड बिक्री वितरण हुन थालेपछि युवाहरुको अग्रसरमा जाँड रक्सी नियन्त्रण अभियान थालिएको हो ।

अन्तिम अपडेट: चैत ११, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया