फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक, नयाँ प्रशिक्षक खोज्दै एन्फा

 भदौ ४, २०७५ सोमबार १५:२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यतिबेला अखिल नेपाल फुटबल संघलार्इ नयाँ प्रशिक्षक नियुक्तिका लागि ठूलो दबाब बढेको छ । पर्यटक भिषामा नेपालमा बस्दै आएका र श्रम स्वीकृति बिना काम गरिरहेका कोजीलाई अध्यागमन विभागले गएको महिना नेपाल प्रवेशमा रोक लगाएको थियो ।

साफ मुखैमा अएका बेला मुख्य प्रशिक्षक नहुँदा नेपाली टिमलार्इ दबाब बढेको छ । जसका लागि एन्फाले नयाँ प्रशिक्षकका लागि गृहकार्य सुरू गरेके छ । नयाँ प्रशिक्षक नियुक्त नभएसम्म नेपाली टोली सहायक प्रशिक्षक बालगोपाल महर्जनले हेर्ने छन् । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर ४ मा पाकिस्तानविरुद्ध खेल्दै साफको सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेलमा भुटानसँग सेप्टेम्बर ६ मा खेल्नेछ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग सेप्टेम्बर ८ खेल्नेछ । सेप्टेम्बर १५ सम्म हुने च्याम्पियनसीपको समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । समूह ‘बी’ मा साबिकको बिजेता भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया