एसियाली खेलकुद : तेक्वान्दोमा सागर अन्तिम १६ मा, निमा र संगीता पराजित

 भदौ ४, २०७५ सोमबार १६:१३:४५ | एजेन्सी
unn.prixa.net

जााकार्ता - इन्डोनेसियामा चलिरहेको १८ औ एसियाली खेलकुदको तेक्वान्दोमा सागर गुभाजु अन्तिम १६ मा पुगेका छन् । पुरुष ५८ किलो तौल समूहमा आज भुटानका खेलाडी दोर्जे तेन्जिङलाई ५४–४० अंकले हराउँदै सागरले अन्तिम १६ मा स्थान बनाएका हुन् । 

दोश्रोसँगको पहिलो राउण्डमा २०–१६ ले पछि परेपछि दोश्रो राउण्डमा पुनरागमन गर्दै सागर विजयी भएका हुन् ।  सागर दोश्रो राउण्डमा २३–१६ ले अघि थिए । यस्तै अन्तिम तथा तेश्रो राउण्डमा दोर्जेलाई कुनै मौका नै नदिएका सागर १५–४ ले अघि रहँदै समग्रमा ५४–४० ले विजयी भए । 

महिलातर्फको स्पर्धामा निमा गुरुङ र संगीता बस्याल भने आज पहिलो चरणमा नै पराजित भएका छन् । ५३ किलो तौल समूहको स्पर्धामा निमा अन्तिम १६ को राउण्डमा लेबननी लेतिना एओनसँग २३–१० ले पराजित भइन् । 

यस्तै ६७ किलौ तौल समूहको अन्तिम १६ को राउण्डमा फिलिपिन्सकी डार्लेनी अर्पोनसँग २०–१७ को झिनो अन्तरले पराजित भइन्  ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया