प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ

 भदौ ४, २०७५ सोमबार १६:१७:१४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – सामाजिक परिचालकहरुले प्रदेश २ का मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् ।

गएको असारदेखि कामबाट निकालिएका समाजिक परिचालकहरुले दुई बुँदे मागसहित सोमबार दुई घण्टा मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गरेका हुन् । नेपाल सरकारले पूर्ण सेवा सुविधा उपलब्ध गराई अहिलेलाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनु पर्ने र योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी सृजना गरी स्थानीय तह कर्मचारीमा समायोजन गर्नु पर्नेसहितको दुई बुँदे माग राख्दै समाजिक परिचालकहरु एकसातादेखि आन्दोलनमा उत्रेका छन् ।

उनीहरु जनकपुरको पीडारीचोकबाट बिहान साढे ९ बजे जुलुस निकाल्दै प्रदेश २ सरकारको कार्यालय अगाडि मुलगेटमै पुगेर बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म घेराउ गरेका हुन् । विभिन्न नारा लेखिएको ब्यानर र प्लेकार्डसहित समाजिक परिचालकहरु कार्यालय अगाडि नराबाजी र प्रदर्शन समेत गरेका छन् ।

गएको साउन २६ गते जनकपुरमा पत्रकार सम्मेलन गरी नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं. २ ले आफ्नो मागप्रति प्रदेश सरकार र संघीय सरकार उदासिन रहेको भन्दै सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।

गएको असारमा कामबाट निकालिएका प्रदेश २ का ८ सय ५४ जना समाजिक परिचालकहरु पुनर बहालीको माग गर्दे  साउन २७ गतेदेखि जनकपुरमा सरकार विरुद्ध आन्दोनल गर्दै आएका छन् ।  लामो सयम थोरै तलबभत्तामा भए पनि नागरिकको सेवा गरेको तर सरकारले कामबाट हटाउँदा उमेर हदलगायतका विभिन्न कारण रोजगारी पाउन समस्या भएकाले माग सम्बोधन नभएसम्म आन्दोलन गरिरहने समाजिक परिचालक संघ प्रदेश २ का अध्यक्ष शिवशंकर मेहताले बताउनुभयो ।

सडक संघर्षबाट आफुहरुको माग सम्बोधन नभए मुख्यमन्त्रीको कार्यालय अगाडि नै आफूहरु आमरण अनशन बस्ने समाजिक परिचालकहरुले चेतावनी समेत दिएका छन् ।   

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया