‘इन्डोनेसियाली उसु खेलाडी क्वोक ‘एसियाकी रानी’ बनिन्’

 भदौ ४, २०७५ सोमबार १७:२२:१९ | एजेन्सी

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले इन्डोनेसियाली उसु खेलाडी लिन्ड्सवेल क्वोकलाई ‘एसियाकी रानी’ को संज्ञा दिएका छन् । 

एसियाली खेलकुद अन्तर्गत सोमबार  इन्डोनेसियाका लागि दोस्रो स्वर्ण पदक जितेपछि राष्ट्रपतिले उनलाई एसियाकी रानी भनेका हुन् । ‘लिन्ड्सवेल, दक्षिणपूर्वी एसियाकी उसुकी रानी थिइन्, अब उनी एसियाकै रानी बनेकी छिन् । बधाई !’ आफ्नो आधिकारिक ट्विटर ह्याण्डलबाट ट्वीट गर्दै राष्ट्रपति विडोडोले भनेका छन् । 

अहिले इन्डोनेसिया ४ स्वर्ण पदक, २ रजत र १ कास्य गरी पदक तालिकामा तेस्रो स्थानमा रहेको छ । १२ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित चीन शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको जापानले ५ स्वर्ण, ७ रजत र ट६ कास्य पदक जितेको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया