कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाडौं – महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी बसन्तकुमार लामाले काठमाडौंमा हुने व्यावसायिक गण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको प्रमुखको जिम्मेवारी लिएपछि पहिलो पटक सोमबार पत्रकार सम्मेलन गरी उहाँले गुण्डागर्दी नियन्त्रणका लागि व्यापक अभियान संचालन गर्ने कार्ययोजना अघि सार्नु भएको हो ।
उहाँले व्यवसायिक क्षेत्रमा हुने गरेको गुण्डागर्दी नियन्त्रणका लागि व्यवसायीहरुसँग बृहत अन्तरक्रिया गर्ने पनि स्पष्ट पार्नुभयो । प्रमुख लामाले लागुऔषध नियन्त्रणको कामलाई पनि आफूले उच्च प्राथमिकता दिने बताउनुभयो ।
प्रमुख लामाले आफू ‘पावर’ को पछि नलाग्ने दाबी गर्नुभयो । उहाँले प्रहरी संगठनको दायित्व पूरा गर्न लागि पर्ने बताउनुभयो ।