यस पटकको गाईजात्रा राष्ट्रिय नाचघरमा

 भदौ ४, २०७५ सोमबार १८:९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – ‘गाईजात्रा महोत्सव २०७५’ राष्ट्रिय नाचघरमा हुने भएको छ ।  

भदौ ११ गतेदेखि १८ गतेसम्म हुने ‘गाईजात्रा महोत्सव २०७५’ हरेक दिन साँझ  साढे पाँच बजेदेखि कार्यक्रम सुरु हुनेछ । साथै बिदाको दिन अतिरिक्त शो दिउँसो साढे २ बजे हुनेछ । 

अघिल्ला वर्षहरुमा प्रज्ञा प्रतिष्ठानमा हुने गरेको ‘गाईजात्रा महोत्सव’ यो वर्ष भने नहुने भएको छ । प्रज्ञा प्रतिष्ठानमा हलको मर्मत भइरहेका कारण नाचघरमा मात्र गाईजात्रा महोत्सव हुने विशेष सा्रेतले जनाएको छ ।

यस पटकको गाईजात्रामा दमन रुपाखेती, निरज नेपाल,  प्रभाकर देव शर्मा,  सुशीला निरौला उर्फ बिमली, रवि डंगोल, पूर्ण थापा, सुरेन्द्र केसी, शिवशंकर रिजाल, पल्पसा डंगोल, टिका भण्डारी, सन्तोष खनाल उर्फ फिल्मी किरो, पुष्प अवस्थी, बबिता बानिया उर्फ जेरी, विष्णु सापकोटा उर्फ हर्के हल्दार, शिवहरि बैरागी, शिव शर्मालगायतकाकलाकारको प्रस्तुति रहनेछ ।

साथै कार्यक्रममा हरिशा बानिया उर्फ भुनियाँको नृत्य रहनेछ भने हाँस्यकलाकार राजा राजेन्द्र कार्यक्रमका प्रस्तोता रहनेछन् । संगीतकार तथा गायक टिका भण्डारीले कार्यक्रममा प्यारोडी गीत प्रस्तुत गर्नेछन् । 

यस कार्यक्रमलाई गुन्जिता टेली संसार प्रालिले आयोजना गरेको संयोजक प्रभाकर देव शर्माले जानकारी दिएका छन् । ‘गाईजात्रा महोत्सव २०७५’ रेडियो अडियो रेडियो पार्टनरको रपमा रहेको छ ।

रेडियो अडियोको गाईजात्रा विशेष कार्यक्रम ११ गते गाईजात्राकै दिन नयाँ बानेश्वरमा ‘नयाँ बानेश्वरको गाईजात्रा  २०७५’ नामले नै आयोजना हुनेछ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया