एसियाली खेलकुद : ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल हार्‍याे, तेक्वान्दोका सागर पनि बाहिरिए

 भदौ ४, २०७५ सोमबार १८:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

जाकार्ता  – १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल सोमबार क्वार्टरफाइनलमा पराजित भएको छ । नेपाल चाइनिज ताइपेईसँग ३–० को सेटमा पराजित भयो ।
 
पहिलो सिंगल्समा नेपालका रत्नजित तामाङ २१–१६ र २१–१३, दोश्रोमा नेपालका दीपेश धामी २१–५ र २१–११ तथा तेश्रोमा नेपालका नवीन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भए ।
 
महिला टिम इभेन्टमा भने नेपालको चुनौती समाप्त भइसकेको छ । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेलहरु अगष्ट २४ देखि सुरु हुनेछ ।

तेक्वान्दोमा सागर क्वार्टरफाइनलमा रोकिए

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागर भियतनामका खेलाडीसँग २५–५ अंकले पराजित भए ।
 
त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।
 
त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसंग २३–१० तथा ६७ केजीमुनि नेपालकी संगीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसंग २०–१७ ले पछि परे ।
 
मंगलबार ३ खेलाडीले नेपालको चुनौती पस्कने छन् । महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमूनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीमाथि अनोज पुजारीले खेल्नेछन् ।
 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया