१५ लाख रुपैयाँ लुटिएको नाटक गर्ने व्यक्ति नगदसहित पक्राउ

 भदौ ४, २०७५ सोमबार १८:२४:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आफ्नै पैसा लुटिएको नाटक गर्ने एकजनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।

प्रहरीले आफैले निकालेको रकम लुकाएर हराएको नाटक गर्ने अस्गर अलीलाई नगदसहित पक्राउ गरेको हो । अलिले गएको भदौ ३ गते न्यूरोडको बज्रयोगिनि बहुउद्देशिय  सहकारी संस्थाबाट १५ लाख रुपैयाँ निकालेका थिए ।

आफूले पैसा निकालेर आफ्नो पसलतिर आउँदै गर्दा मोटरसाइकलमा आएका व्यक्तिले हतियार देखाएर आफ्नो पैसा लुटेको भन्दै अलिले प्रहरीलाई खबर गरेका थिए । उनले आफूलाई लुटेराले स्वयम्भुको जंगलमा लगेर पैसा लुटेको प्रहरीलाई जानकारी दिएका थिए ।

त्यसपछि महानगरिय प्रहरी वृत्त लैनचौर  कार्यालय प्रमुख र परिसर काठमाडौबाट खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा पीडित भनिने अलि आफैले त्यो पैसा काठमाडौं महानगरपालिका वडा नम्बर १६ पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएर राखेको अवस्थामा भेटाएको प्रहरीले जनाएको छ ।

अलिलाई सँगै लिएर गरेको प्रहरी टोलीले राजेन्द्र श्रेष्ठको घरमा सोनाम लेखिएको झोलामा रहेको १५ लाख ३१ हजार ८ सय नेपाली रुपैयाँ, १०० रुपैयाँको चिनियाँ युवान,  दशको युवान, चाबी र सामसुङ मोबाइल बरामद गरेको हो । प्रहरीले अलिलाई पनि पक्राउ गरी घटनाको थप अनुसन्धान गरिहरको छ ।
 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया