विनेश फोगाटले रचिन् इतिहास, एसियन गेम्समा स्वर्ण जित्ने पहिलो भारतीय महिला रेसलर

 भदौ ४, २०७५ सोमबार १८:५१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डोनेसियामा भैरहेको एसियाली खेलकुदमा भारतीय महिला रेसलर विनेश फोगाटले भारतलाई स्वर्ण पदक दिलाएकी छिन् । रेसलिङबाट एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने उनी पहिलो भारतीय महिला पनि बनेकी छिन् । 

विनेशले महिला फ्रीस्टाइल ५० किलोग्रामको क्याटेगोरीमा जापानकी यूकी इरीलाई ६–२ले हराइन् ।

दोस्रो दिन ५० किलोग्राम फ्रीस्टाइलमा फोगाटले उत्कृष्ट प्रदर्शन गरिन् ।

इन्डोनेसियामा भैरहेको प्रतियोगितामा उनले भारतका लागि दोस्रो पदक दिलाइन् । त्यसभन्दा पहिले रेसलिङमै बजरंग पूनियाले ६५ किलोग्रामको स्पर्धामा भारतलाई पहिलो स्वर्ण पदक दिलाएका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया