त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई, अन्तर्राष्ट्रियमा अर्को हप्ता

 भदौ ४, २०७५ सोमबार १९:१५:३९ | उज्यालो सहकर्मी

काठमाडौं – त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा फ्री वाइफाई सञ्चालनमा आएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निर्देशनमा विमानस्थल कार्यालयले आन्तरिक टर्मिनलमा वाइफाई उपलब्ध गराएको हो ।

‘आन्तरिक टर्मिनलमा एक हप्ता अघिदेखि यात्रुको लागि निःशुल्क वाइफाई उपलब्ध गराएका थियौं, आज भीआईपी कक्षमा पनि जडान गरेर सञ्चालनमा ल्याएका छौँ’, विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भन्नुभयो ।

पर्यटनमन्त्री अधिकारी अध्यक्ष रहेको बोर्ड बैठकले केही दिनअघि देशैभरका विमानस्थलमा निःशुल्क वाइफाई राख्ने निर्णय गरेको थियो । यो निर्णय कार्यान्वयनका लागि इन्टनेट कम्पनीसँग सम्झौता भैसकको छ ।

यस्तै अन्तर्राष्ट्रिय टर्मिनलमा पनि अर्को हप्तादेखि फ्री वाइफाई उपलब्ध गराइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया