करेन्ट लागेर एक किशोरीको ज्यान गयो

 भदौ ५, २०७५ मंगलबार ११:३७:१७ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको केआईसिंह गाउँपालिका–५, रानागाउँमा ११ हजार भोल्टेजको हाइटेन्सन लाइनको करेन्ट लागेर लागेर एक किशोरीको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता लालबहादुर धामीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा त्यसै गाउँपालिकामा बस्ने १७ वर्षकी गंगाकुमारी धामी रहेकी छन् ।

घर नजिकैको टुडीको रुख काट्ने क्रममा रुख ११ हजार भोल्टेजको हाइटेन्सनको लाइनमा खस्दा उनलाई करेन्ट लागेको हो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया