प्रदेश पाँचमा बुधबार बकर इदको सार्वजनिक बिदा

 भदौ ५, २०७५ मंगलबार १३:३८:५८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – प्रदेश नम्बर पाँचमा बुधबार सार्वजनिक बिदा दिइएको छ । 

आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मुस्लिम धर्मालम्वीहरुको महत्वपूर्ण पर्व बकर इदको उपलक्ष्यमा प्रदेश नम्बर पाँचका सबै १२ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको छ । 

यसअघि गणतन्त्र दिवस जेठ १५ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि महत्वपूर्ण सरकारी कार्यालयहरु भने सञ्चालन आएपछि प्रदेश सरकारका मन्त्रीहरुले सार्वजनिक रुपमै केन्द्र सरकारको आलोचना गरेका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Mohan kc

    Aug. 22, 2018, 8:32 a.m.

    मुस्लिम दाजु भाई हरु लाई सुभकामना 5नं प्रदेश भन्दा अन्य प्रदेश मा रहने ले सार्वजनिक बिदा लिन कहा जाने कि सबै यतै बसाई सर्ने हो

  •  0 Reply

तपाईको प्रतिक्रिया