बैतडीका २ स्थानीय तह औलोको उच्च जोखिममा

 भदौ ५, २०७५ मंगलबार २०:२५:८ | जयराज अवस्थी
unn.prixa.net

बैतडी –बैतडीको मेलौली र शिवनाथ गाउँपालिकामा औलोको उच्च जोखिममा रहेको पाइएको छ । 

गएको सालदेखि औलो रोगको बिरामीहरु फेला पर्न थालेका प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरका ल्याब टेक्निसियन रमेश बोहराले जानकारी दिनुभयो । गएको आर्थिक वर्षमा त्यस क्षेत्रमा २२ जना औलोको बिरामी फेला परेका थिए । चालु आर्थिक वर्षको साउन महिनामै मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा ८ जना औलोको बिरामी फेला परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो । 

शिवनाथ गाउँपालिकाको मटेला र कानलीमा औलोका बिरामी बढी फेला परेको उहाँले बताउनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामीहरु पत्ता लगाउन सजिलो भएको ल्याब टेक्निसियन बोहराले बताउनुभयो । आफ्नै गाउँमा रगत जाँच गरेर औलो रोग पत्ता लाग्न थालेपछि चेकजाँच गराउनेको संख्या पनि बढ्दै गएको बोहराले बताउनुभयो । 

सरकारले सन् २०२५ बाट औलो उन्मूलन निती लिएकाले औलो रोगको निशुल्क उपचार गर्ने  गरिएको छ । लामखुटट्को टोकाइबाट औलो रोग सर्ने गर्दछ । औलो रोगबाट बच्नका लागि आफ्नो वरीपरीको वातावरण सफा राख्ने, झुल लगाएर सुत्ने, व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया