चन्द्रमामा हिउँ भेटिएकाे नासाकाे दावी

 भदौ ५, २०७५ मंगलबार २०:४३:२१ | एजेन्सी
unn.prixa.net

अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले चन्द्रयान-१ मार्फत पाएको जानकारीका आधारमा चन्द्रमाको ध्रुवीय क्षेत्रमा हिउँ रहेको दावी गरेको छ ।
 
भारतले पठाएकाे चन्द्रयान-१ मा नासाको एउटा मून मिनरोलोजी म्यापर इन्स्ट्रुमेन्ट (एम ३) नामक उपकरण जडान गरिएकाे थियो । यसैबाट पाएको जानकारीको विश्लेषण गरेर नासाले यो दावी गरेको बताइएको छ ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) ले सन् २००८ मा चन्द्रयान १ लाई चन्द्रमामा स्थापना गराएको थियो । तर एक वर्ष पछि (इसरो) संग यो यानको सम्पर्क विच्छेद भएको थियो । तर त्यसको ८ वर्षपछि नासाले सन् २०१७ मा चन्द्रयान १ लाई भेट्टाएको थियो ।

नासाले दिएको जानकारी अनुसार चन्द्रयान-१ ले चन्द्रमाको जुन भागमा पानी भएको पुष्टि गरेको छ त्यहाँको तापक्रम कहिले माइनस १५६ डिग्रीभन्दा माथि जाँदैन । चन्द्रमाको यो ध्रुवीय क्षेत्रमा सूर्यको किरण लगभग पुग्दैन ।

चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको अधिकाँश हिउँ त्यहाँ रहेको खाडलहरुमा जम्मा भएर बसेको छ भने उत्तरी ध्रुवमा जमेर रहेको हिउँ ठूलो क्षेत्रमा फैलिएको नासाले जनाएको छ ।

नासाका अनुसार चन्द्रमामा पाइएको हिउँको उपयोग भविष्यमा चन्द्रमासम्बन्धी अभियानका लागि स्रोतसाधनका रुपमा गर्न सकिन्छ । यसबाहेक चन्द्रमामा बस्नका लागि पनि यसकाे उपयाेगमा अाउन सक्ने नासाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया