प्रदेश २ मा आज सार्वजनिक बिदा

 भदौ ६, २०७५ बुधवार ७:५०:३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – प्रदेश नम्बर २ सरकारलले बुधबार मुस्लिम धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड बकर इदको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

गएको सोमबार बसेको मन्त्री परिषदको बैठकले बुधबारको लागि प्रदेश २ मा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । २०७४ चैत २८ गते प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदामा मुस्लिम समुदायको महत्वपूर्ण पर्व इद त्रुटिबस छुटेकाले मन्त्री परिषद बैठकबाट बिदा स्वीकृत गरिएको प्रदेश २ का अन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

प्रदेश २ सरकारले सार्वजनिक बिदा दिए पनि प्रदेशभित्रै कतिपय सरकारी कार्यालयमा बिदा दिइने गरिएको छैन । संघीय सरकार मातहतका कार्यालय इकाइहरुको रुपमा रहेको अदालत, बैंक तथा वितीय संस्था, संघीय प्रहरी इकाई र विद्युत प्राधिकरणलगायतको कार्यालयमा भने प्रदेश सरकरो बिदा कार्यान्वयन हुने गरेको छैन । 

अन्तिम अपडेट: भदौ ३१, २०७५

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया