प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कालिकोट – पलाँता गाउँपालिकामा औलो र कालाजारका बिरामीहरु भेटिएका छन् ।
महामारी फैलिने पलाँतामा पहिलो पटक औलो वा मलरिया तथा कालाजारका बिरामीहरु भेटिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर नहकुल शाहीले बताउनुभयो ।
दुई महिना अघिको तथ्यांक अनुसार पलाँतामा ३ जना बालबालिकामा औलो र तीनजना मध्ये दुई जनामा कालाजार समेत भेटिएको सिनियर अहेब कटक महतले बताउनुभयो । गाउँपालिकास्तरमा औलोको उपचार नहुने भएपछि स्थानीय, जिल्ला सदरमुकाम मान्म पुग्ने गरेका छन् ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।