इलाममा आगलागीबाट १५ लाख बराबरको क्षति

 भदौ ६, २०७५ बुधबार १७:५९:३ | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ । 

जिल्लाको फाकफोकथुम गाउँपालिका वडा नम्बर १ आमचोकका भीम बराइलीको घरमा बुधबार अचानक आगलागी हुँदा सो बराबरको नोक्सान भएको प्रहरीले जानकारी दिएको छ । 

एउटा घरमा आंशिक क्षति पुगे पनि अर्को घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेका लत्ताकपडा , अन्नपात , पलङ्ग , खाट , व्यापारका लागी ल्याइएको ६ तोला सुन , ४० तोला चाँदी र सुनचाँदीमा प्रयोग हुने मेसिन,तार लगायतका सामान सबै जलेर खरानी भएको भीम बराइलीले बताउनुभयो । 

सोलारको तार शर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरी चौकी आमचोक इलामले जनाएको छ ।

स्थानीयहरुको सहयोगमा साढे तीन घण्टामा मात्र आगो नियन्त्रणमा लिइएको थियो ।  आगो नियन्त्रणमा लिइसकेपछि मात्र प्रहरी आइपुगेको बराइलीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया