जग्गाको हदबन्दी लागू हुँदैन: कृषि मन्त्री खनाल

 भदौ ६, २०७५ बुधबार १८:२६:५१ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – सञ्चार माध्यममा आए जस्तो सरकारले जमिनको हदबन्दी गर्ने कुनै तयारी नभएको कृषि तथा पशुपंक्षी विकास मंत्री चक्रपाणि खनालले बताउनुभएको छ । 

बकर इद पर्वका अवसरमा कपिलवस्तुका मुस्लिम कार्यकर्ताहरुलाई भेटघाट गर्न सदरमुकाम तौलिहवा पुगेका मन्त्री खनालले सञ्चरकर्मीहरुसँग कुरा गर्दै कृषियोग्य जमिन टुक्रा टुक्रा पारिनु गलत रहेको भन्दै हदबन्दीको हल्लामा यसो नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । 

त्यस अवसरमा मन्त्री खनालले कपिलवस्तु जिल्लालाई कृषि तथा पर्यटकीय विकासका लागि सरकारले दिर्घकालीन योजना बनाई अघि बढ्ने तयारी गरेको बताउनुभएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया