दुर्घटनामा गाउँपालिका अध्यक्षसहित दुई घाइते

 भदौ ६, २०७५ बुधबार २०:३७:३१ | अमर सुनार
unn.prixa.net

दैलेख – दैलेखको गुराँस गाउँपलिका–४, रिठ्ठामा बुधबार माइक्रोबससँग र मोटरसाइकल दुर्घटना हुँदा जुम्लाको हिमा गाउँपालिका अध्यक्ष र इञ्जिनियर घाइते हुनुभएको छ । 

जुम्लाबाटै मोटरसाइकलमा आएका रजबहादुर शाही र त्यही गाउँपालिकामै कार्यरत इञ्जिनियर ललित रावत घाइते घाइते हुनुभएको हो । 

सुर्खेतबाट जुम्ला जाँदै गरेको लु ४२ प ६९९८ नम्बर मोटरसाइकल र दैलेखबाट सुर्खेत आउँदै गरेको बा ४ ख ५४४१ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर उहाँहरु घाइते हुनुभएको रानिमत्ता प्रहरी चौकीका इन्चार्ज भीमबहादुर बस्नेतले जानकारी दिनुभयो ।

अध्यक्ष शाहीको अवस्था सामान्य भए पनि रावतको अवस्था गम्भीर रहेको इन्चार्ज बस्नेतले बताउनुभयो । मेडिकलमा प्राथमिक उपचारपछि थप उपचारको लागि सुर्खेत पठाइएको छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया