जिल्ला समन्वय समितिका अधिकृत माथि छुरा प्रहार

 भदौ ७, २०७५ बिहिबार ७:२७:११ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदीलाई गएराति नचिनेका मान्छेको समूहले छुरा प्रहार गरेका छन् ।

गएराति ९ बजेको समयमा मन्थली नगरपालिका वडा न–१, मच्छेडाँडीमा रहेको आफ्नै घरमा फेसबुक चलाइरहेको अवस्थामा एक नचिनेको मान्छे कोठाभित्र पसेर अधिकृत सुवेदीको पेटमा छुरा प्रहार गरी फरार भएको प्रहरीले जनाएको छ । कोठामा एक्लै बसिरहेको अवस्थामा छुरा प्रहारपछि सुवेदी चिच्चाएको र घरको वल्लोकोठामा टिभी हेर्दै गरेकी उहाँकी श्रीमतीले थाहा पाउनुभएको थियो ।

घटनापछि स्थानीयहरुले प्रहरीमा खबर गरेका थिए । उहाँलाई गएराति नै मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । उहाँको अवस्था गम्भीर रहेको तामाकोशी सहकारी अस्पतालका चिकित्सक डा. सुमन कर्माचार्यले जानकारी दिनुभयो ।

घटनापछि रातिदेखि नै घटनास्थल वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । घटना कुन अपराधिक समूहले घटाएको हो भन्ने कुनै एकीन हुन भने सकेको छैन् । घटनामा संलग्न अपराधी चाँडै पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले जानकारी  दिनुभयो । 
     
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया