विद्यार्थी बेहोस, विद्यालय बन्द

 भदौ ७, २०७५ बिहिबार १०:३२:२४ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – एक हप्तादेखि विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ नुवाकोटस्थित हिमालय जनता मावि बन्द गरिएको छ ।

पछिल्लो एकसातादेखि विद्यार्थीमा अनौठो लक्षण देखा परेको छ । कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनककुमार बिकले जानकारी दिनुभयो ।

‘विद्यार्थीहरुमा पछिल्लो केही दिनदेखि अनौठो लक्षण देखिन थालेको छ’, उहाँले भन्नुभयो, ‘दैनिक ७ जनासम्म विद्यार्थीमा यस्तो लक्षण देखिन थालेको र यो क्रम नरोकिएपछि आजबाट तीनदिनका लागि विद्यालय बन्द गरेका हौं ।’ 

अध्यक्ष बिकका अनुसार बुधबार पनि सातजना छात्रा विद्यार्थीमा यस्तो लक्षण देखिएको थियो । अहिलेसम्म १२/१५ जना छात्रामा यस्तो समस्या देखिएको छ । केही नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पीडित भैरहेको विद्यालयले जनाएको छ ।

विद्यार्थीमा अनौठो लक्षण देखिएको खबर आएपछि स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाट डाक्टर टपेन्द्र कोइराला र अहेव इश्वर रावललाई विद्यालयमा पठाइएको हो । 


 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Samrat

    Aug. 23, 2018, 1:16 p.m.

    मेरो विचारमा मास हिस्टेरिया भएको हुनुपर्छ / यो किशोरावस्थामा हुने मनोरोग भन्न सकिन्छ / होस्टेलमा स्कूलमा पालैपालो यस्तो भएकोखाबर सुन्न पाइन्थ्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया