निर्मला हत्या प्रकरण : उच्चस्तरीय छानबिन समिति गठन, कञ्चनपुरका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो

 भदौ ७, २०७५ बिहिबार १७:३९:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाहीको माग गर्दै भैरहेको आन्दोलन चर्किएपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । 

सरकारले गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा तीन वटै सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षक, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश ७ को प्रतिनिधिसमेत गरी ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । 

साथै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी डिल्लीराज बिस्ट र डीएसपी ज्ञानबहादुर सेटीलाई मन्त्रालयले फिर्ता बोलाएको छ । कञ्चनपुरकाे नयाँ प्रमुख जिल्ला अधिकारीमा तारानाथ अधिकारी, एसपी कुवेरसिंह कठायत र डीएसपी कृष्णराज अाेझालाई खटाइएको प्रवक्ता सुवेदीले उज्यालाेलाई जानकारी दिनुभयाे ।

साथै गृहमन्त्रालयले दोषीलाई कडा कारबाही हुने बताउँदै अनुसन्धानमा संलग्न पदाधिकारी दोषी पाइएमा पनि कारबाही हुने स्पष्टीरण दिएको छ । समस्याको समाधान शान्तिपूर्ण ढंगबाटै हुने भन्दै मन्त्रालयले सबैलाई शान्ति सुव्यवस्था कायम राख्न सबैलाई आग्रह गरेको छ । 

गृह मन्त्रालयकाे विज्ञप्ति

 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया