सुन तस्करलाई बचाउन खोज्ने सांसदलाई नेकपा संसदीय दलले माग्यो स्पष्टिकरण

 जेठ १८, २०७५ शुक्रबार ७:४८:३० | उज्यालो सहकर्मी

मोरङ, जेठ १८ – साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणसँग जोडिएको मुद्दाको प्रतिवादीको पक्षमा बहस गर्न गएका प्रदेश सांसद अप्ठेरोमा परेका छन् । एक नम्बर प्रदेश सभा सांसद लिलावल्लभ अधिकारीको विषयमा पार्टीभित्रैबाट कडा आलोचना हुन थालेपछि नेकपा संसदीय दलले स्पष्टिकरण सोधेको छ ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईले अधिकारीलाई विहीबार लिखित स्पष्टिकरण दिन निर्देशन दिएका हुन् ।

अधिकारीले सुन तस्करीमा जोडिएका निलम्बित प्रहरीका सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेका थिए । गम्भीर प्रकृतिको अपराधमा अभियुक्तको पक्षमा बहस गरेपछि अधिकारीले गलत गरेको भन्दै सत्तापक्ष सांसद र मन्त्रीको असन्तुष्टी थियो ।

विहीबार बसेको संसदीय दलको बैठकमा अधिकारीले बहस गरेको बिषय चर्को रुपमा उठाइएको थियो । पार्टीका सांसदहरुले प्रश्न उठाएपछि स्पष्टिकरण सोध्ने निर्णय भएको उप नेता टंक आङ्बोहाङले जानकारी दिनुभयो । पार्टी एकिकरण पछि बसेको दलको पहिलो बैठकले नेतामा राई र उप नेतामा आङ्बोहाङलाई चयन गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया