४१ लाखको भवन मन्दिरलाई

 भदौ ७, २०७५ बिहिबार २०:०:४४ | देव पचभैया
unn.prixa.net

पाल्पा – तानसेनस्थित ठाडोगल्ली, भगवतीटोलका डाक्टर निरजगोविन्द श्रेष्ठले ४१ लाखको लागतमा बनेको भवन मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । 

पिता, माता र दाजुको स्मृतिमा निर्माण गर्नुभएको भवन डाक्टर श्रेष्ठले भगवतीटोलमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती गुठी व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको हो ।  सोभियत संघको बेलारुसमा बस्दै आउनुभएका तानसेन निवासी निरजगोविन्द श्रेष्ठले बिहीबार एक कार्यक्रमको आयोजना गरी मन्दिरको दक्षिण भेगमा निर्माणधिन चन्द-जित-राजेन्द्र नामक भवनको साँचो  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयलाई हस्तान्तरण गर्नुभएको हो । 

भवन हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पाल्पाका प्रदेश सांसद डाक्टर पुरनमान बज्राचार्यले कर्मथलो बाहिर भए पनि जन्मस्थानको मायाले डाक्टर निरजगोविन्दले गरेको सहयोगलाई तानसेनबासीले कहिल्यै भुल्न नसक्ने बताउनुभयो । 

भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयको अध्यक्षता, सचिव भिमसेन कार्कीको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याल, तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही,  गुठि व्यवस्थापन समितिका सल्लाहकार बुद्धिप्रसाद शर्मा बोल्नुभएको थियो । 

धार्मिक एवम् सांस्कृतिक कार्यका लागि निर्माण भएको भवनमा एक सय पचास भन्दा बढी मानिस बस्न मिल्ने भगवती गुठी व्यवस्थापन समितिले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ११, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • प्रकाश मान श्रेष्ठ

    Aug. 24, 2018, 5:09 a.m.

    शुभश्रेयकल्याणकारी कार्य गर्ने धन्य हुन् । जे मनमा चिताएर दान गरेको हो, पुगोस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया