सामान्य बन्दै महेन्द्रनगरको अवस्था, प्रहरीको दमन विरुद्ध विद्यालय बन्द

 भदौ ८, २०७५ शुक्रबार ८:२१:५२ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – तीन दिनदेखि तनावग्रस्त बन्दै गएको महेन्द्रनगरको अवस्था शुक्रबार केही सामान्य बनेको छ । स्थानीयको माग अनुसार सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो । 

तीन दिनदेखि ठप्प रहेको यातायात सेवा शुक्रबार बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् । तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । 

यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ । निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् । 

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोष कुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 

यस्तै घाइते अन्य दुईजना अर्जुन भण्डारी र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । अर्जुनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।

दिनभर तनावग्रस्त बन्यो महेन्द्रनगर : अश्रुग्यास, गोली र कर्फ्यूसँगै प्रदर्शन
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया