मोटरसाइकल दुर्घटनामा उज्यालोका डोटी सहकर्मी बिमल बिष्ट गम्भीर घाइते

 भदौ ८, २०७५ शुक्रबार १४:४४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको सुनगडा क्षेत्रमा शुक्रबार भएको मोटरसाइकल दुर्घटनामा उज्यालोका डोटी सम्वाददाता बिमल बिष्ट गम्भीर घाइते हुनुभएको छ ।

दिपायलबाट डडेल्धुरा जाँदै गरेको से १ ज ५२१ नम्बरको जिपसँंग र बिष्टले चलाएको विपरीत दिशाबाट आइरहेको से ३ क ५१५७ नम्बरको मोटरसाइकल ठोक्किँदा दर्घटना भएको इलाका प्रहरी कार्यालय पिपल्लाका प्रहरी नायव निरीक्षक लोकेन्द्र बहादुर मल्लले बताउनुभएको छ । ठक्कर दिने जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार दुर्घटना शुक्रबार मध्याह्न १२ बजेर १० मिनेटमा स्थानीय कुलपाते र पिपल्लाको बीचमा पर्ने सुनगडामा भएको थियो । 

घटनामा मोटरसाइकल पछाडि बसेका डोटीकै राजपुरमा मेडिकल चलाउँदै आएका नन्दन महरा पनि गम्भीर घाइते भएको जनाइएको छ ।

दुवै घाइते बिष्ट र महरालाई स्थानीय शैलेश्वरी अस्पतालमा उपचार हुन नसके पछि एम्बुलेन्समा धनगढी पठाइएको स्थानीय पत्रकार रामहरी ओझाले उज्यालोलाई जानकारी दिनुभयो ।

घाइते बिष्ट उज्यालाे रेडियाे नेटवर्क तथा उज्यालाे अनलाइन, नेपाल समाचारपत्र दैनिक र स्थानीय नेपाल पथ दैनिकमा अावद्ध हुनुहुन्छ l
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया